समाज


भारतमा कोरोना संक्रमणबाट अहिलेसम्म ९९ को मृत्यु, ३५८८ संक्रमित

 भारतमा कोरोना संक्रमणबाट अहिलेसम्म ९९ को मृत्यु, ३५८८ संक्रमित

नेपालखबर
चैत २३, २०७६ आइतबार ३:५०,

भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ।

अहिलेसम्मको तथ्यांक अनुसार कोरोनाको कारण भारतमा ९९ जनाको मृत्यु भइसकेको छ।

३५ सय ८८ जना संक्रमित फेला परेका छन्। संक्रमितको संख्या बढ्दै गएपछि त्यहाँ परीक्षणको दायरा पनि बढाइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

शनिबार मात्रै भारतमा ११ हजार १ सय ८२ जना शंकास्पद बिरामीको कोरोना परीक्षण गरिएको छ। त्यसमध्ये ३ सय २४ जनामा कोरोना संक्रमण पाइएको छ।

कोरोना संक्रमण बढ्न नदिन भारत सरकारले देशभर तीन साताको लागि लकडाउन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad