समाज


प्रसाईंलाई ५, मिश्र र राणालाई ३ कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई प्रहरीको राय

प्रसाईंलाई ५, मिश्र र राणालाई ३ कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई प्रहरीको राय

नेपालखबर
जेठ ९, २०८२ शुक्रबार १८:४९, काठमाडौँ

राजावादी आन्दोलनमा 'जनकमान्डर' तोकिएका दुर्गा प्रसाईंमाथि कर्तव्यज्यानसहित ५ कसुरमा मुद्दा चलाउन प्रहरीले सरकारी वकिलको कार्यालयलाई राय दिएको छ।  

चैत १५ गते काठमाडौँको तीनकुनेमा पूर्वराजाको समर्थनमा भएको प्रदर्शनमा भएको क्षतिमा मुख्य जिम्मेवार ठहर्‍याउँदै प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदनसहित यो राय दिएको हो।  

दुर्गाविरुद्ध कर्तव्य ज्यानका साथै ज्यानमार्ने उद्योग, आपराधिक उपद्रव, राज्यविरुद्धको अपराध, संगठित अपराधमा मुद्दा चलाउन प्रहरीले भनेको छ। 

यस्तै सोही घटनामा अगुवा भूमिका खेलेको निष्कर्षसहित राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाविरुद्ध तीन कसुरमा मुद्दा चलायन प्रहरीले राय दिएको छ।  

प्रहरीले मिश्र र राणालाई राज्यविरुद्धको मुद्दा, आपराधिक उपद्रव र कर्तव्यज्यान उद्योगमा मुद्दा चलाउन भनेको छ।

प्रहरीले उनीहरूसहित १०८ जनालाई प्रतिवादी बनाउने रायसहितको प्रतिवेदन बुझाएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए। 

चैत १५ गते राजावादीको प्रदर्शन हिंसात्मक बन्दा एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो। साथै तीनकुने क्षेत्रका भवन तथा  जडीबुटी उद्योगमा पनि आगजनी भएको थियो। त्यस्तै थुप्रै निजी सवारी तथा सम्पत्तिमा पनि तोडफोड र आगजनी गरिएको थियो। 

मिश्र र राणालाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो भने प्रसाईं भने भागेर भारत पुगेका थिए। प्रहरीले भारतीय सुरक्षाकर्मीसँगको समन्वयमा उनलाई पक्राउ गरी नेपाल ल्याएको हो।

  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad