बझाङमा आज साँझ भूकम्प गएको छ।
मष्टा गाउँपालिकाको मशदेव क्षेत्रलाई केन्द्रबिन्दु बनाएर बुधबार साँझ ६ बजेर २७ मिनेट जाँदा ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्र, लैनचौरका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार यो सानो भूकम्प हो।
हालसम्म यो भूकम्पबाट कुनै मानवीय क्षति वा भौतिक क्षतिको विवरण आएको छैन।
बुधबार बिहान ११: ५६ बजे कास्कीको फुलिबाङआसपास केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो।
सात दिनअघि जेठ ६ गते पनि कास्कीकै सिनुवा आसपास केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो।
यही जेठ ९ गते बैतडीको सदरमुकाम खलङ्गा केन्द्रबिन्दु ५.१ म्याग्निच्युडको भूकम्प गएको थियो।
492
Shares

प्रतिक्रिया