समाज


नागढुंगामा बस दुर्घटना हुँदा ३ जना घाइते, सडक अवरुद्ध हुँदा दुवैतर्फ सवारी चाप

नागढुंगामा बस दुर्घटना हुँदा ३ जना घाइते, सडक अवरुद्ध हुँदा दुवैतर्फ सवारी चाप

नेपालखबर
जेठ १५, २०८२ बिहिबार ९:८, काठमाडौँ

काठमाडौँको नागढुंगा नजिकै आज बिहान बस पल्टिँदा तीन जना यात्रु घाइते भएक छन्। 

नागढुंगा-नौबिसे सडकखण्डमा पर्ने नाग मन्दिर नजिकै आज बिहान तीन बजेतिर  दाङबाट काठमाडौँ आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०१७७ नम्बरको बस पल्टिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी दिपक गिरीले जानकारी दिए। 

बस सडकबाट तल नालीमा खस्दा तीन जना घाइते भएका उनले बताए। उकालोमा ब्रेक नलागेर बस ब्याक भएर नालीमा खसेको हो। 

घाइतेमध्ये रोल्पाको परिवर्तन गाउँपालिकाकी २५ वर्षीया रोशनी घर्तीमगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि कलंकीको शहीद मेमोरियल अस्पतालमा भर्ना गरिएको छ।

‘पल्टिएको बसलाई क्रेनको सहायतामा हटाइसकिएको छ,’ एसपी गिरीले नेपालखबरसँग भने, ‘तर बस पल्टिँदा भएको सवारी साधनको जामको असर त्यस क्षेत्रमा अहिले पनि छ।’

उनले सडकको दुवैतर्फ अहिले चापमा गाडी चलिरहेको भए पनि सडक भने अवरुद्ध नरहेको बताए।  

धादिङको थाक्रेमा पनि पुलमा भ्वाङ परेपछि केही दिनदेखि सवारी साधन सञ्चालनमा समस्या हुँदै आएको थियाे।  

जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुभास हमालले अहिले त्यस क्षेत्रमा पनि सडक अवरुद्ध नरहेकाे बताए। 

‘गएराति १२ बजेदेखि पुलमा पनि ‘टुवे’ गरिएको छ,’ डीएसपी हमालले नेपालखबरसँग भने, ‘केही दिन पुलमा ‘वान-वे’ हुँदा सवारी साधनको जाम लाग्ने गरेको थियो। गएरातिदेखि त्यो समस्या टरेको छ।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad