बाढी पूर्वानुमान महाशाखाले वर्षासँगै आगामी तीन दिन (मंगलबारसम्म) देशका विभिन्न नदीमा बाढी बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ।
बाढी महाशाखाले आइतबार बिहान सूचना जारी गरी नदी तटीय क्षेत्रका नागरिकलाई सावधान रहन सचेत गराएको हो।
सूचनामा भनिएको छ: आगामी ३ दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पुर्वानुमान भए पनि बढ्दो हुने रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाइराखौँ। कन्काई नदीमा जलसतह सतर्कता तहनजिकै रहने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाऔँ।
थप जानकारी:


1.2k
Shares

प्रतिक्रिया