समाज


राइड सेयरिङविरुद्ध काठमाडौँमा यातायात व्यवसायीको धर्ना (तस्बिरहरू)

राइड सेयरिङविरुद्ध काठमाडौँमा यातायात व्यवसायीको धर्ना (तस्बिरहरू)

नेपालखबर
जेठ १८, २०८२ आइतबार १३:५६, काठमाडौँ

सार्वजनिक यातायात व्यवसायीहरूले सात बुँदे मागसहित चरणबद्ध आन्दोलन थालेका छन्।

सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको अगुवाइमा आइतबार माइतीघर मण्डलामा सवारीसाधनमा कालो झण्डा राखी विरोध र्‍याली निकालिएको हो।

व्यवसायीहरूले गाडीमा कालो झण्डा राख्नुका साथै निधारमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन्। उनीहरूले बागमती प्रदेश सरकारको सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १३ को उपदफा ४ तत्काल खारेज गर्न, राइड सेयरिङ एप्स बन्द गर्नुपर्ने लगायतका मागहरू राखेका छन्।

यसअघि, आन्दोलनको पहिलो चरणअन्तर्गत व्यवसायीहरूले रिङरोड सडक खण्डमा सार्वजनिक सवारीसाधन सडकमै तेर्साएर विरोध जनाएका थिए। उनीहरूले कालो झण्डा देखाएर ६ वटै प्रदेशबाट विरोध र्‍याली गरेका छन्।

व्यवसायीहरूले यदि जेठ १९ गतेसम्म मागहरू पूरा नभएमा देशभर सार्वजनिक यातायात सेवा अनिश्चितकालका लागि बन्द चेतावनी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad