समाज


मन्त्री भण्डारी र जोर्डनका गैरआवासीय राजदूत घानीबीच भेटवार्ता

मन्त्री भण्डारी र जोर्डनका गैरआवासीय राजदूत घानीबीच भेटवार्ता

नेपालखबर
जेठ २१, २०८२ बुधबार ११:३३, काठमाडौँ

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि जोर्डनका गैरआवसीय राजदूत युसुफ अब्देलघानीबीच शिष्टाचार भेटवार्ता भएको छ। 

मंगबार साँझ भएको भेटका क्रममा मन्त्री भण्डारीले सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र जोर्डनबीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको र राजदूत घानीको कार्यकालमा थप प्रगाढ हुने विश्वास व्यक्त गरे। 

उनले नेपाल र जोर्डनबीच भइरहेको सीमित व्यापार र नेपालको व्यापार घाटाका विषय उल्लेख गर्दै भविष्यमा व्यापार तथा लगानी बढाउन नेपालबाट कृषिजन्य वस्तुहरू निर्यात गर्ने र जोर्डनबाट मल आयात गर्न सकिने विषयमा सहकार्य हुन सक्ने बताए। 

साथै, सन् २०२६ सम्म नेपाल अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने तयारी भइरहेकाले नेपालमा विदेशी लगानीको प्रचुर सम्भावना रहेको र नेपाल सरकारले लगानी प्रवर्द्धनका लागि विभिन्न नीतिगत, कानुनी तथा प्रक्रियागत सुधार गरी लगानीमैत्री वातावरण निर्माण गरेको उल्लेख गर्दै जोर्डनबाट नेपालमा थप लगानी भित्र्याउन आह्वान गरे। 

नेपालले हालै मात्र सफलतापूर्वक सगरमाथा संवाद सम्पन्न गरेको विषय उल्लेख गर्दै मन्त्री भण्डारीले संवादको मुख्य सन्देश विश्वव्यापी साझा वस्तुको संरक्षणका लागि सबैको सामूहिक कार्य जरुरी रहेको र जोर्डनको यो एक प्राथमिकताको क्षेत्र भएकाले दुई देशबीच यो विषयमा सहकार्य र सहयोग हुनेसक्ने बताए। 

छलफलका क्रममा नेपालका लागि जोर्डनका गैरआवसीय राजदूत अब्देलघानीले नेपाल र जोर्डनबीच धेरै आयाममा समानता रहेको र आफ्नो कार्यकालमा द्विपक्षीय सम्बन्धमा बलियो बनाउन प्रयास गर्ने बताए। 

उनले दुई देशबीच कूटनीतिक, व्यापारिक तथा लगानी सम्बन्धलाई थप प्रगाढ बनाउन सरकारी र व्यापारिक प्रतिनिधिबीच आदानप्रदान भ्रमणहरू, सांस्कृतिक भ्रमण आदानप्रदान, व्यापार तथा लगानी प्रवर्द्धनका लागि संयुक्त समितिको स्थापना गर्नुपर्नेमा बताए। 

नेपालको लागि जोर्डन श्रम बजारको एक प्रमुख गन्तव्य हुनसक्ने आँकलन गरी निर्माण उद्योग, तयारी पोसाकलगायत क्षेत्रमा प्रचुर सम्भावना रहेकोसमेत बताए।

दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाइराख्न मन्त्रालयले पूर्णरूपमा सहयोग गर्ने विश्वाससमेत व्यक्त गरे। मन्त्री भण्डारीले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन र व्यापार तथा लगानीको दायरा बढाउन राजदूत घानीको महत्वपूर्ण भूमिका रहने अपेक्षा गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad