राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेकी छिन्।
बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले गृहमन्त्री लेखकको भिजिट भिसामा संलग्नता रहेको देखिएको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरिन्।
देशमा मानव तस्करी जस्तो गम्भीर विषयमा गृहमन्त्रीमाथि आरोप लागिरहेको भन्दै १५ दिन भएपनि राजीनामा दिन र अनुसन्धानमा सघाउन माग गरिन्। ‘हाम्रो माननीय गृहमन्त्रीज्यु रमेश लेखकलाई हामीले सुसंस्कृत, संस्कार भएको राजनीतिक कर्मीको रुपमा चिन्छौँ,’ कार्कीले भनिन्, ‘तर अहिले जुन किसिमको एउटा मानव तस्करीको, संगठित अपराधको, सम्पत्ति शुद्धीकरणको विषय व्यापक रुपमा भिजिट भिसाको कुरा उठेको छ।’
उनले थपिन्, ‘सुसंस्कृति राजनीतिक अभ्यास गरेको मान्छेबाट त्यो हामीले अपेक्षा गर्दछौँ। गृहमन्त्रीज्यूले पहिल्यै दिन राजीनामा दिएको भए उचाई अझ ठूलो हुन्थ्यो।अझै पनि अपेक्षा छ, देशमा यति ठूलो मानव तस्कारको काण्ड उठिसकेपछि, सदनमा प्रतिपक्ष सबै उठेर विरोध गरिरहेका छन् भने माननीय गृहमन्त्रीज्युले १५ दिन राजीनामा दिएपनि हुन्छ। त्यसपछि फेरि छानविन भएर फर्किएर आउन सकि हालिन्छ।’
सांसद कार्कीले सरकारले आफ्नो काममा सुधार ल्याउनुपर्नेमा जोड दिए।
Shares

प्रतिक्रिया