समाज


अमेरिकाका लागि आगामी साता ‘पर्ल हार्बर आक्रमण’ बराबर : शीर्ष डाक्टर

अमेरिकाका लागि आगामी साता ‘पर्ल हार्बर आक्रमण’ बराबर : शीर्ष डाक्टर

नेपालखबर
चैत २४, २०७६ सोमबार १२:५०,

अमेरिकाका सबैभन्दा उच्च पदस्थ डाक्टरले आगामी साता अमेरिकाका लागि इतिहासकै कठिन समय हुने चेतावनी दिएका छन्।

सर्जन जनरल जेरोम एडम्सले त्यसको तुलना दोस्रो विश्वयुद्धकालीन घटना ‘पर्ल हार्बर’ सँग गरेका छन्।

‘आगामी साता हाम्रा लागि पर्ल हार्बरको क्षण बन्नेछ। सेप्टेम्बर ११ को क्षण बन्ने छ,’ उनले भने।

७८ वर्षअघि सन् १९४१ डिसेम्बर ७ मा हवाइस्थित पर्ल हार्बर नैसैनिक अखडामा जापानले अचानक आक्रमण गर्दा २४ सयभन्दा बढीको ज्यान गएको थियो। त्यसपछि अमेरिका युद्धमा होमिएको थियो।

‘थुप्रै अमेरिकीका लागि यो जीवनकै सबैभन्दा कठिन समय बन्नेछ। मृत्युदर कम गर्ने हो भने हरेकले आफ्नो भूमिका पूरा गर्न जरुरी गर्न छ,’ एडम्सले भने।

अमेरिकाका सबैभन्दा सम्मानित सरुवा रोग विशेषज्ञ एन्थोनी फौचीले पनि आगामी साता निकै कठिन हुने बताएका छन्।

अमेरिकामा संक्रमितको संख्या सवा तीन लाख पुगिसकेको छ भने मृतक संख्या १० हजार नजिक। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad