समाज


ओलीद्वारा वेलायती प्रधानमन्त्री बोरिसको स्वास्थ्य लाभ कामना

ओलीद्वारा वेलायती प्रधानमन्त्री बोरिसको स्वास्थ्य लाभ कामना

नेपालखबर
चैत २५, २०७६ मंगलबार २:३७,

काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड—१९) संक्रमित भएर सघन उपचार कक्ष (आईसीयु) मा उपचार गराइरहेका वेलायती प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

सामाजिक सञ्जाल ट्विटरमा बोरिसको ह्यान्डललाई मेन्सन गर्दै उनले भनेका छन्, ‘कोरोना भाइरसको उपचारका लागि अस्पतालको सघन उपचार कक्षमा सारिएको थाहा हुन आएको छ। कोभिड—१९ विरुद्ध लड्ने उहाँको दृढ प्रयासको म सराहना गर्दछु। ’

उनको अवस्था थप गम्भीर देखिएपछि मेडिकल टिमको सल्लाहमा गए राति आईसीयूमा सारिएको हो। 

५५ वर्षीय जोन्सनलाई यसअघि नै कोरोना संक्रमण भएको पुष्टि भएको थियो। त्यसपछि उनी घरमै अराम गरिरहेका थिए। कोरोना संक्रमणका कारण स्वास्थ्यमा अप्ठ्यारो बढेपछि उनलाइ अस्पतालको सघन उपचार कक्षमा सारिएको हो।

यो पनि: कोरोना संक्रमित बेलायती प्रधानमन्त्रीको अवस्था गम्भीर, आईसीयूमा उपचार हुँदै

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad