झापामा नक्कली नोटसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तेह्रथुमको ओयाक्जुङ गाउँपालिका ५ नेलई घर भई झापाको कन्काई नगरपालिका ८ लक्ष्मीपुरमा डेरा बस्ने २८ वर्षका गणेश भारती रहेका छन्।
उनी काँकरभिट्टा बजारमा रहेको नेपाल बैंक अगाडी सडक खण्डमा शंकास्पद अवस्थामा हिडडुल गरीरहेको सूचनाका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी राजन लामाले बताए।
उनलाई तत्काल पक्राउ गर्दा साथबाट एक हजार दरका एक लाख बराबरका नक्कली नोट फेला पारेपछि उनको डेराकोठामा पनि प्रहरीले खानतलासी गरेको थियो।
उनको डेराबाट ५ लाख ३० हजार ६८० रुपैयाँ, नक्कली नोट छाप्ने मेसिन र त्यसमा प्रयोग हुने रंग लगायतका सामाग्री पनि बरामद गरिएको डीएसपी लामाले बताए। उनले एक हजार, ५ सय, एक सय, ५० र २० का नोट छाप्ने गरेको खुलेको छ।
प्रहरीले उनीमाथि जिल्ला अदालत झापाबाट म्याद लिएर थप अनुसन्धान गरिरहेको छ।
Shares

प्रतिक्रिया