समाज


बौद्धमा टिपरको ठक्करबाट १ जनाको मृत्यु, दुर्घटनापछि भागेका चालक काभ्रेबाट पक्राउ

बौद्धमा टिपरको ठक्करबाट १ जनाको मृत्यु, दुर्घटनापछि भागेका चालक काभ्रेबाट पक्राउ

नेपालखबर
जेठ २५, २०८२ आइतबार ७:३६, काठमाडौँ

काठमाडौँको बौद्धमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। 

काठमाडौँ महानगरपालिका-६ बौद्धस्थित रामहिटीमा गएराति साढे ११ बजेतिर टिपरले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको हो। 
 
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दिपक गिरीका अनुसार बागमती प्रदेश-०१-००६ ख ५५०८ नम्बरको टिपरको ठक्करबाट ज्यान गुमाउने करिब ६५ वर्षीय पुरुषको सनाखत हुन बाँकी छ। 

‘दुर्घटनापछि चालक टिपर लिएर भागेका थिए,’ एसपी गिरीले नेपालखबरसँग भने, ‘टिपर चालक काभ्रेको मण्डदनेउपुर नगरपालिका–६ घर भएका २८ वर्षीय अजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।’

दुर्घटनापछि भागेका चालकलाई मण्डनदेउपुरबाट पक्राउ गरेर काठमाडौँ ल्याउन लागिएको उनले जानकारी दिए। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad