जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहीबार राजधानी काठमाडौँसहित देशका सबैजसो सहरमा पानी पर्ने सम्भावना रहेको जानकारी दिएको छ।
महाशाखाका अनुसार आज काठमाडौँ, पोखरा, विराटनगर, जनकपुर, जोमसोमलगायत देशभरिका सबैजसो सहरमा वर्षा हुने सम्भावना देखिएको हो।
यस्तै महाशाखाले आज सबैभन्दा बढी तापक्रम धनगढी, नेपालगन्ज, भैरहवा, सिमरा र जनकपुरमा ३५ डिग्री सेल्सियससम्म पुग्ने सक्ने प्रक्षेपण गरेको छ। अनि सबैभन्दा कम तापक्रम आज राति जिरी र जोमसोममा १३ डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको छ।
देशका अन्य सहरको मौसमबारे जानकारी तलको फोटोमा-

591
Shares

प्रतिक्रिया