संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यको लागि युनाइटेड नेसन्स इन्टेरिम सेक्युरिटी फोर्स फर अबेइ (युनिस्फा) मिसनमा तैनाथ फोर्स होडक्वाटर सपोर्ट युनिट (शान्ति सेना) तेस्रो डफ्फा स्वदेश फर्किएको छ।
६७ जना नेपाली शान्ति सैनिकहरू सह सेनानी भोला कुमार कार्कीको नेतृत्वमा आज (असार २ गते) स्वदेश फिर्ता भएका हुन्।
यसअघि, उक्त मिसनलाई बदली गर्नको लागि फोर्स हेडक्वाटर सपोर्ट युनिट (शान्ति सेना) चौथो डफ्फाका ७७ जना शान्ति सैनिकहरू प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठको नेतृत्वमा यूएन चार्टड फ्लाइट मार्फत जेठ ३० गते नै मिसन इलाकातर्फ प्रस्थान गरेका थिए।
हाल उक्त मिसनमा १०७ जना शान्ति सैनिकहरू कार्यरत छन्।
1.6k
Shares

प्रतिक्रिया