समाज


४ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि आवेदन माग

४ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि आवेदन माग

नेपालखबर
असार ४, २०८२ बुधबार १२:५८, काठमाडौँ

सरकारले रिक्त रहेका ४ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि आवेदन माग गरेको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको सिफारिस समितिको सचिवालयले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै इच्छुक योग्य उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको हो। हाल कर्णाली, बीपी कोइराला, पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपतिविहिन छन। 

उपकुलपतिमा आवेदन दिने उम्मेदवारले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक कागजातसहित आवेदन पेस गर्न आग्रह गरिएको छ। प्रतिष्ठानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न तयार पारिएको व्यवसायिक कार्ययोजना समेत शिलबन्दी गरेर बुझाउन भनिएको छ। 

कर्णालीको उपकुलपतिका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट चिकित्साशात्र विषयमा स्नातकोत्तर, सहप्रध्यापक वा मन्त्रालयमा दशौँ तहका काम गरेको हुनुपर्ने छ। 

त्यस्तै अन्य प्रतिष्ठानका हकमा चिकित्साशात्र विषयमा स्नातकोत्तर, प्रध्यापक वा मन्त्रालयमा एघारौँ तहमा काम गरेको हुनुपर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad