समाज


इजरायल–इरान युद्धको विरोधमा काठमाडौँमा शान्ति समाजको प्रदर्शन

इजरायल–इरान युद्धको विरोधमा काठमाडौँमा शान्ति समाजको प्रदर्शन

नेपालखबर
असार ४, २०८२ बुधबार १३:२४, काठमाडौँ

इजरायल र इरानबीचको युद्ध अन्त्यको माग गर्दै मानवअधिकार तथा शान्ति समाजले काठमाडौँमा प्रदर्शन गरेको छ। समाजले बुधबार काठमाडौँस्थित इजरायल दूतावास र इरानी वाणिज्य दूतावासअगाडि शान्तिको कामना गर्दै प्रदर्शन गरेको हो। 

मानवअधिकार तथा शान्ति समाजले सुरु गरेको युद्धका विरुद्धको अभियान स्वरूप प्रदर्शन गरिएको हो। समाजका सभापति रेनुका पौडेलले इजरायली दूतावासअगाडि आधा घण्टा र इरानी वाणिज्य दूतावास पनि आधा घण्टा प्रदर्शन गरेको बताइन्। उनले संसारको जुनसुकै कुनामा भएको युद्धबारे आफूहरू चुप नबस्ने बताइन्। उनले इजरायल र इरानबीचको युद्ध तत्काल रोकिनुपर्ने आग्रहसहित प्रदर्शन गरिएको जानकारी दिइन्।


‘मानवअधिकार तथा शान्ति समाजमा पछिल्लो समय इजरायल र इरानबीचमा जुन खालको युद्ध भइराखेको छ, त्यसविरुद्ध अभियान सञ्चालन गरेको छ,’ पौडेलले भनिन्, ‘संसारको जुनसुकै कुनामा भएको युद्ध पनि हामी चुप लागेर बस्न सक्दैनौँ। इजरायल र इरानबीचको युद्ध तत्काल रोकिनुपर्छ भन्ने आग्रहसहित प्रदर्शनमा छौँ।’

समाजका संस्थापक सभापति कृष्ण पहाडीले इरानले मानवअधिकारलाई सम्मान गर्नुपर्ने बताए। इरानले लोकतन्त्रलाई बहाली नगर्दा एक्लो हुनुपरेको जिकिर गरे। 

त्यस्तै इजरायलले पहिले यो युद्ध सुरु गरेको कारणले इजरायल नै शान्तिको लागि पहल गर्नुपर्नेमा पहाडीले जोड दिए। ‘इरानले मानवअधिकारलाई सम्मान गर्नुपर्छ र लोकतन्त्र बहाली गर्नुपर्छ,’ उनले भने, ‘त्यस्तो नहुँदा आज इरान एक्लो भएको छ। इजरायलले पहिले यो युद्ध सुरु गरेको हुनाले इजरायलले शान्तिको लागि पहल पनि गर्नुपर्छ।’


 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad