समाज


विद्यालय कर्मचारी, कार्यालय सहयोगी र बाल विकास सहजकर्ताको पारिश्रमिक बढ्यो

विद्यालय कर्मचारी, कार्यालय सहयोगी र बाल विकास सहजकर्ताको पारिश्रमिक बढ्यो

फाइल तस्बिर


नेपालखबर
असार ५, २०८२ बिहिबार १२:२६, काठमाडौँ

सरकारले विद्यालय कर्मचारी, कार्यालय सहयोगी र बाल विकास सहजकर्ताको पारिश्रमिक वृद्धि गरेको छ। 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वृद्धि भएको पारिश्रमिक लागु गराउन आग्रह गर्दै सबै स्थानीय तहहरुलाई पत्रचार गरेको हो। 

केन्द्रले विद्यालय कर्मचारीको १ हजार पाँचसय रुपैयाँ वृद्धि गरी १५ हजार, बाल विकास सहजकर्ताको २ हजार वृद्धि गरी १२ हजार पुर्‍याएको छ। यस्तै विद्यालय सहयोगी कर्मचारीको २ हजार  वृद्धि गरेर १० हजार पुर्‍याएको छ। 

हाल विद्यालय कर्मचारीले मासिक १३ हजार पाँचसय , विद्यालय सहयोगी कर्मचारीले ८ हजार मात्र पारिश्रमिक पाउदै आएका छन्। 

बाल विकास सहजकर्तालाई संघीय सरकारले ८ हजार दिँदै आएको थियो। जसमा स्थानीय तहले ७ हजार थप गरेर १५ हजार दिनुपर्ने प्रावधान छ। 

केही स्थानीय तहले ७ हजार नदिएको गुनासो उनीहरुले गर्दै आएका छन्।

विद्यालय कर्मचारी र विद्यालय सहयोगीले पारिश्रमिक कम भएको भन्दै पटक पटक आन्दोलन गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad