कला


पशुपति शर्माले ल्याए- झोले त तैँ, झोले त मैँ

पशुपति शर्माले ल्याए- झोले त तैँ, झोले त मैँ

नेपालखबर
असार ५, २०८२ बिहिबार १२:२८, काठमाडौँ

लोकगायक पशुपति शर्माले गीत `झोले त तैँ, झोले त मैँ´ बोलको गीत सार्वजनिक गरेका छन्। बिहीबार आफ्नो अफिसियल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन्। 

गीतमा पशुपतिको शब्द, स्वर र संगीत रहेको छ। सार्वजनिक  गीतमा पशुपतिले राजनीतिक दल, नेतादेखि कार्यकर्तासम्मलाई व्यंग्य गरेका छन्। 

छाडा गीत गाउनेदेखि क्यामेरामा भाइरल हुने प्रवृत्तिसम्मलाई पनि उनले व्यंग्य गरेका छन्। रमाइलो शैलीमा तयार यो गीतले खराब व्यक्ति र प्रवृत्तिमाथि व्यंग्य गरेको छ।

गीतको भिडिओमा पशुपति स्वयंले अभिनय गरेका छन्। उनीसँगै जेरी भण्डारी भिडिओमा देखिएका छन्। जेरी भण्डारीको कोरियोग्राफी र निर्देशनमा बनेको गीतको भिडिओमा नवराज उप्रेतीको छायांकन, सुजन कोइरालाको सम्पादन छ।

केही दिनअघि सत्तारुढ दल नेकपा एमालेले सञ्चालन गरेको 'म झोले' अभियान चलाएको थियो। उनले यसैलाई पनि व्यंग्य गरेका छन्। उनले व्यंग्य गर्दै शीर्ष नेताहरू  सही, खराब त आफूमात्रै भएको भनेका छन्।  एमालेको म झोले अभियानको चौतर्फी आलोचना भइरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad