समाज


एनआरएनएको सदस्यता संकलन तीव्र, ४६ हजारभन्दा बढी स्वीकृत

एनआरएनएको सदस्यता संकलन तीव्र, ४६ हजारभन्दा बढी स्वीकृत

नेपालखबर
असार ८, २०८२ आइतबार १८:२४, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सन् २०२५–२०२७ कार्यकालका लागि सदस्यता संकलनको प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ।

२०२५ जुन २२ सम्मको विवरणअनुसार संघमा ४६ हजार ५ सय ७० जना सदस्यता स्वीकृत भइसकेका छन्। एनआरएनए उपाध्यक्ष हेमराज शर्माका अनुसार ८ हजार ८ सय २४ नयाँ सदस्यता आवेदनहरू स्वीकृतिको प्रक्रियामा रहेको छ। 

विश्वभर रहेका नेपालीहरूको सक्रिय सहभागिता र संघप्रति विश्वास झल्काउने यस सदस्यता संकलन प्रक्रियाले गैरआवासीय नेपालीहरूको साझा मञ्च एनआरएनएप्रतिको आकर्षण अझ बढेको देखाएको छ। 

संघले प्रवासी नेपालीहरूको हकहितको संरक्षण, लगानी प्रवर्द्धन, नेपाली संस्कृतिको प्रवाह तथा नेपालसँगको सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

संघले आगामी दिनमा थप अद्यावधिक विवरण सार्वजनिक गर्ने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad