समाज


वृद्धलाई ठक्कर दिएर भागेका चालक सीसीटीभी फुटेजका आधारमा पक्राउ, यात्रु पनि समातिए

वृद्धलाई ठक्कर दिएर भागेका चालक सीसीटीभी फुटेजका आधारमा पक्राउ, यात्रु पनि समातिए

फाइल तस्बिर


नेपालखबर
असार १३, २०८२ शुक्रबार १०:२६, काठमाडौँ

मकवानपुरमा बोलेरो गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। 

थाहा नगरपालिका– १ कुन्छालस्थित कुन्छाल–कुलेखानी सडकखण्डमा गएराति बा.प्र. ०३-००१ च १७८७ नम्बरको गाडीले ठक्कर दिँदा थाहा नगरपालिका ६ का ७१ वर्षीय सीताराम महर्जनको मृत्यु भएको हो। 

गाडीको ठक्करबाट गम्भीर घाइते भएका महर्जनलाई स्थानीय वज्रबाराही स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो। सशस्त्र प्रहरी बल अस्पताल, सतुङ्गलमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

ठक्कर दिएर भागेको गाडी चालकलाई सीसीटीभी फुटेजको आधारमा थाहा नगरपालिका २ फाँट बजारबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। 

प्रहरीले चालक वर्ष २२ का प्रकाश तामाङ र गाडीमा सवार थाहा नगरपालिका- २ का १८ वर्षीय सुजल कार्कीलाई पनि पक्राउ गरेको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad