समाज


चितवनमा माछा मार्न गएका युवकको गोहीको आक्रमणबाट मृत्यु

चितवनमा माछा मार्न गएका युवकको गोहीको आक्रमणबाट मृत्यु

फाइल तस्बिर


नेपालखबर
असार २०, २०८२ शुक्रबार ८:२१, चितवन

चितवनमा गोहीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ। 

पूर्वी चितवनको बुढी राप्ती नदीमा माछा मार्ने क्रममा गोहीले आक्रमण गर्दा चितवनकै रत्ननगर नगरपालिका-८ चित्रसारी निवासी २७ वर्षीय अविशेक माझीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार बिहीबार राति ९ बजेतिर माझी अर्का साथी राजकुमारसँगै माछा मार्न राप्तीमा गएका थिए। 

रातकाे समयमा माछा मार्ने क्रममा अविशेकलाई गोहीले तानेर नदीमा डुबाएको राजकुमारले बताएका छन्। खोजीका क्रममा झण्डै पाँच घण्टापछि उनको शव घटनास्थल भन्दा दुई सय मिटर तल भेटिएको हाे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad