देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्रैबाट मन्त्रालयको गाडी हराएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रहरीलाई गाडी खोजिदिन आग्रह गरेको छ।
प्रदेश ३–०१–००२झ ५३६७ नम्बरको (सरकारी) गाडी हराएको भन्दै मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै गाडीको खोजी गरिदिन र संलग्नमाथि कारबाही गर्न आग्रह गरेको हो।
‘प्रस्तुत विषयमा यस मन्त्रालयको स्वामित्वमा रहेको तपसिलको विवरण अनुसारको चार पाङ्ग्रे सवारी साधन विगत केही समय अघिदेखि हराइरहेको हुँदा उक्त सवारी साधन जहाँ जस्तो जुन अवस्थामा छ खोज तलास गरिदिनु हुन साथै प्रचलित कानूनवमोजिम सो कार्यमा संलग्न रहेका व्यक्तिलाई मुद्दा दर्ता गरी अनुसन्धान कारबाही अगाडि बढाइदिनु हुन मिति २०८२/०३/१५ गतेको (नेपाल सरकार सचिवस्तर) निर्णयानुसार अनुरोध छ’ मन्त्रालयले उल्लेख गरेको छ।

Shares

प्रतिक्रिया