प्रहरीले काठमाडौँको विष्णुमती खोलाबाट एक व्यक्तिको उद्धार गरेको छ।
शुक्रबार साँझ ६ः४० बजेको समयमा काठमाडौँ महानगरपालिका १६ भ्याली कोल्ड स्टोर नजिक विष्णुमती खोलाले बगाएको व्यक्तिको प्रहरी उद्धार गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँले सामाजिक सञ्जालमा अपलोड गरेको भिडिओमा एक व्यक्ति खोलामा बगिरहेको देखिन्छन्। उनलाई बचाउन प्रहरी खोलामै हामफलेका छन् भने डोरीको सहायताले उनलाई बाहिर तानिएको छ।
प्रहरीले उद्धार गरिएका व्यक्तिबारे थप बताएको छैन।
3.3k
Shares

प्रतिक्रिया