गएराति गौरीघाट- गुह्येश्वरी क्षेत्रमा बागमती नदीको जलसतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभाग, बाढी महाशाखाले जनाएको छ।
मङ्गलबार राति १२ बजे आसपासदेखि निरन्तर परेपछि २ बजे बागमतीकाे जलसतहले सतर्कता तह पार गरेकाे हाे।
त्यतिबेला गाैरीघाट, गुह्येश्वरी, चावहिल, नयाँबस्ती, जोरपाटी क्षेत्रमा बस्नेहरूको मोबाइलमा सुरक्षित रहन सन्देश प्रवाह गरिएको महाशाखाका इञ्जिनीयर आशीष भट्टले जानकारी दिए।
यसैगरी राति रुद्रमती (धोबीखोला) को कपन क्षेत्रमा पनि जलसतहले सतर्कता तह नजिक पुगेकाे थियाे।
राजधानीका अधिकांश भागमा राति १२ बजेदेखि नै करिब २५ मिलिमिटरको दरले बिहानसम्म पानी परेको महाशाखाले जनाएको छ। अहिले भने काठमाडाैँमा वर्षा राेकिएकाे छ।
471
Shares

प्रतिक्रिया