जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार २८, शनिबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ।
महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाब सतर्कता तहभन्दा तलै छ।
जिल्लाका हिसाबले भने आज बारा, पर्सा, रौतहट, काठमाडौँ, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, काभ्रेपलान्चोक, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना उच्च छ।
साथै आज संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, सिन्धुली, गोरखा, धादिङ, नुवाकोट, सल्यान, रुकुमपूर्व, रुकुमपश्चिम, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, पर्वत, गुल्मी, प्यठान, बैतडी, डोटी, बझाङ र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना पनि मध्यम नै रहेको बाढी महाशाखाले जनाएको छ।
उल्लिखित ३३ जिल्लालाई बाढी महाशाखाले पहेँलो रङ अर्थात् एल्लो अलर्टमा राखेर खोला/नदी क्षेत्रमा सतर्कता अपनाउन सुझाव दिएको छ।


Shares

प्रतिक्रिया