शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपाली जीवित रहेसम्म आदिकवि भानुभक्त आचार्यको महत्व रही राख्ने बताएका छन्।
आइतबार २१२ औं भानु जयन्तीको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भानु जयन्ती मनाउनको मुल तात्पर्य आफ्नो भाषाको जगेर्ना गर्ने, आफ्नो भाषा फैल्याउने, आफ्नो भाषामा साहित्य सिर्जना गर्ने व्यक्तित्वहरुलाई सम्झनु रहेको उल्लेख गरे।
‘भानु जयन्ती मनाउनको मुल तात्पर्य के हो भने हामीले आफ्नो भाषाको जगेर्ना गर्ने, आफ्नो भाषा फैल्याउने, आफ्नो भाषामा साहित्य सिर्जना गर्ने व्यक्तित्वहरुलाई सम्झनु हो,’ पन्तले भने, ‘जुन बेलासम्म हामी नेपाली जीवित रहन्छौँ, जुन बेलासम्म नेपाल भन्ने देश रहन्छ र जुन बेलासम्म नेपाली भाषा रहन्छ, त्यसबेलासम्म भानुभक्तको महत्व र ऐतिहासिकता रहन्छ।’
विभिन्न भाषाहरु मर्दै गइरहेको भन्दै त्यसलाई समृद्ध बनाइ संरक्षण गर्ने चुनौति मन्त्री पन्तको भनाइ छ।
Shares

प्रतिक्रिया