बैंकिङ कसुर मुद्दामा २० लाख बिगो कायम गरिएका एक फरार अभियुक्त पक्राउ परेका छन्।
दार्चुलाको महाकाली नगरपालिका–४ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–८ बस्ने ६२ वर्षीय भिम प्रसाद निरौलालाई असार २८ गते प्रहरीले पक्राउ गरेको हो।
निरौलाविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट २०८१ फागुन १२ गते प्रहरीले पक्राउ अनुमति लिएको थियो।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त बानेश्वर पठाएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरमा २०८१ वैशाख २४ गते दर्ता भएको बैंकिङ कसुर मुद्दामा फरार रहेको प्रहरीको भनाई छ।
138
Shares

प्रतिक्रिया