समाज


ग्रामीण भेगमा छैन लकडाउनको असर, हाटबजारमा लाग्छ हजारौंको भिड

ग्रामीण भेगमा छैन लकडाउनको असर, हाटबजारमा लाग्छ हजारौंको भिड

शैलेन्द्र महतो
चैत ३०, २०७६ आइतबार १०:२९,

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले तीन सातादेखि लकडाउन गरेको छ। लकडाउनमा अति आवश्यक काम बाहेक घरबाट बाहिर ननिस्किन प्रशासनले आग्रह गर्दै आइरहेको छ। कतै कुनै अति आवश्यक काम, पसलमा कुनै समान वा खरिद बिक्री गर्नु परे समाजिक दूरीको पालना गर्न भनेको छ।

तर लकडाउन र सरकारको आग्रहको धज्जी उडाउँदै ग्रामीण भेगका हाटबजार लाग्ने क्रम जारी नै रहेको छ। गाउँघरमा लकडाउन खुकुलो त छ नै, झन् हाटबजारहरुमा हजारौंको संख्यामा भिडभाड गरी समान खरिद बिक्री गर्ने क्रम रोकिएको छैन।

धनुषाको बटेश्वर गाउँपालिका वडा नं ४ मा पर्ने बटेश्वर बजार साताको आइतबार र बुधबार लाग्दै आएको छ। बटेश्वर गाउँपालिकाको उत्तरी छेउ र बटेश्वर प्रहरी चौकीको सामुन्नेमा लाग्ने बटेश्वर बजारमा समाजिक दूरीको पालना नगरी हजारौंको भीडभाड जम्मा भएको छ।

यस्तै, बटेश्वर गाउँपालिकाकै कार्तिककुमार बजार पनि मंगलबार र शनिबार लाग्ने गरेको छ। यो बजारमा पनि संयौंको संख्यामा सर्वसाधारणहरु तरकारी खरिद बिक्रीका लागि भिड लगाउने गरेका छन्। दुवै बजार अपरान्हको समयमा लाग्ने गरेकोमा लकडाउनलाई मध्यजनर गरी केही दिनयता बिहानको समयमा लगाइँदै छ। तर पनि भीड भने जस्ताको त्यस्तै देखिन्छ।

bateshwor-mela.jpgकार्तिककुमर बजार

यस्तै, सबैला नगरपालिकाको सबैला बजामा समेत मानिसहरुको घुँइचो लाग्ने गरेको छ। ग्रामिण भेगका कैयौं बजारहरुमा हुने भिडभाडले यस क्षेत्रमा कोरोना संक्रमण फैलिन सक्ने जोखिममा देखिन्छ।
हाटबजारको विषयमा जनप्रतिनिधिको उदासिनताले ठुलो मूल्य चुकाउनु पर्ने स्थानीयको आशंका छ।

समाजिक दूरीको पालना नगरिएका यी बजारमा एकजना मात्र कोरोन संक्रमित भए गाउँपालिकाका सबैमा फैलिने जोखिम रहेको बटेश्वरका युवा राममणि कुशवाहाले बताए। पालिका कार्यालय र प्रहरीचौकीको अगाडिमै यस्तो बजार लाग्दा पनि जनप्रतिनिधी सबै मुकदर्शक भएको कुशवाहाले गुनासो गरे। तत्काल बजारहरु व्यवस्थित अथबा बन्द गराउनु पर्ने उनको भनाइ छ।

93023764_558118181475511_8199244571251572736_n_1.jpgसबैला बजार

यता, बटेश्वर गाउँपालिका प्रमुख डम्बरबहादुर राउतले विपन्न परिवारलाई राहत वितरण गर्ने काममा नै आफू लगायत सबै जनप्रतिनिध लागेकोले बजारमा भिडभाड लागेको बताए। उनले अब बजारलाई व्यवस्थित अथवा बन्द गर्ने विषयमा गाउँपालिकाले पहलकदमी लिने प्रतिक्रिया दिए।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले लकडाउनमा बजारहरु पूर्ण रुपमा बन्द गर्न आह्वान गरिएको दावी गरे। तर ग्रामिण भेगको बजार लाग्ने गरेको विषयमा आफूलाई जानकारी नरहेको र यदि यस्तो भए अबदेखि बन्द गराउने उनले प्रतिक्रिया दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad