समाज


चिकित्सकलाई प्रधानमन्त्रीको सुझाव- व्यायाममा ध्यान दिनुहोला

चिकित्सकलाई प्रधानमन्त्रीको सुझाव- व्यायाममा ध्यान दिनुहोला

नेपालखबर
असार ३०, २०८२ सोमबार १३:४२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यलाई नोक्शान नगर्ने खाना खान सुझाव दिएका छन्।

सोमबार भाटभटेनी समूहद्वारा ९ करोड ५० लाख बराबर लागतमा त्रिवि शिक्षण अस्पतालमा निर्माण गरिएको भवन हस्तान्तरण गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू अघिल्लो पटक प्रधानमन्त्री हुँदा नै निरोगी नेपालको नारा दिएको उल्लेख गरे।

स्वास्थ्यका लागि खाना खानुपर्ने र सन्तुलित खानेकुरा खानुपर्ने भन्दै उनले अरुको उपचार मात्रै गर्ने नभइ आफ्नो स्वास्थ्य पनि ठिक राख्न व्यायाम, प्राणायाम गर्न चिकित्सकहरुसँग आग्रह गरे।

‘अघिल्लो पटक नै म प्रधानमन्त्री हुँदा निरोगी नेपालको नारा दिएको थिएँ, निरोगी नेपालका दुई वटा पक्ष छन्,’ प्रधानमन्त्री ओलीको भनाइ छ, ‘एउटा बिरामी नै पर्न नदिने मानिसलाई। बिरामी नपर्ने र नहुने अवस्था सिर्जना गर्ने। अस्पताल भन्दा पहिला त मान्छे निरोगी बनोस्। अहिलेको समय यस्तो भइरहेको छ, निरोगी नहुने सम्भावनै नदेखिएको जस्तो भएको छ। यस स्थितिमा सुधार गर्नुपर्नेछ। खानपिनमा ध्यान दिनुपर्छ, काममा ध्यान दिनुपर्छ। आराममा ध्यान दिनुपर्छ। तीन वटा कुराको सन्तुलन हुनुपर्छ।’

उनले थपे, ‘डाक्टरसावहरुलाई पनि मेरो सुझाव छ- अरुको उपचार गर्ने मात्रै होइन, आफू पनि स्वस्थ रहनुस्। व्यायाममा ध्यान दिनुहोला। योग गर्नुभयो भने धेरै राम्रो हुन्छ।’

प्रधानमन्त्री ओलीले सरकारले निरोगी नेपालको अभियानलाई महत्वका साथ अघि बढाइरहेको बताए।

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad