चितवनको सिमलताल भन्ने ठाउँबाट गएराति एउटा मिनी ट्रक त्रिशूली नदीकाे किनारमा खसेको छ।
नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत सिमलताल नजिकबाट भारतीय मिनि ट्रक त्रिशूली नदी किनारमा खसेको प्रहरीले जनाएको छ।
यो दुर्घटनामा दुई जना घाइते भएका छन्।
मङ्गलबार राति साढे १० बजेतिर भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट मेवा बोकेर काठमाडौँतर्फ जाँदै गरेको युपी ३२ जेटएन ७८८३ नम्बरको मिनि आईचर ट्रक अनियन्त्रित भई करिब ८० मिटर तल त्रिशूली नदीको किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
दुर्घटनामा भारतको लखनउ निवासी २१ वर्षीय ट्रक चालक आशिक यादव र २० वर्षीय सहचालक उत्तर सिंह घाइते भएका छन्।
दुवै जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालले जानकारी दिए।
प्रहरीका अनुसार ट्रक आफैँ अनियन्त्रित भएर सडकबाट तल खसेको प्रारम्भिक अनुमान गरिएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया