समाज


मेयर भट्टराईको जीवनरक्षा गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

मेयर भट्टराईको जीवनरक्षा गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

नेपालखबर
साउन १६, २०८२ शुक्रबार ७:५८, काठमाडौँ

राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको जीवनरक्षा गर्न सरकारसँग आग्रह गरेको छ।

आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै नगर प्रमुख भट्टराईको स्वास्थ्य उपचारमा ध्यान दिँदै वार्ताका माध्यमबाट समस्या समाधान गर्न र जीवनरक्षा गर्न सरकारसँग आग्रह गरेका हुन्। 

जैविक विविधता र रैथाने संस्कृतिको संरक्षणका लागि आवश्यक नीति निर्माण गर्न पहलकदमी गर्नुपर्ने, बाँसको प्रवर्द्धन गर्नुपर्ने, जलवायु परिवर्तनको असर कम गर्ने कार्य गर्नुपर्ने, गिट्टी क्रसर उद्योग मापदण्डअनुसार सञ्चालन गर्नुपर्ने, खोटाङलाई बाँसको राजधानी घोषणा गर्नुपर्ने लगायत माग राखी यही साउन ११ गतेदेखि नगर प्रमुख भट्टराई माइतीघरमा अनशन बसेका छन्।

उनको स्वास्थ्या अवस्था गम्भीर बन्दै गएकोप्रति आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।

आयोगले अनशनस्थल माइतीघर तथा वीरअस्पताल पुगी अनुमगन गर्नुका साथै अनशनरत भट्टराई, स्वास्थमन्त्री प्रदीप पौडेलका साथै वीर अस्पतालका चिकित्सक र प्रशासकहरूसँग जानकारी लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad