समाज


राशिफल १७ साउन : कुम्भको पुनर्मिलन योग, मिथुनको भाग्य चम्किने, तपाईँको के?

राशिफल १७ साउन : कुम्भको पुनर्मिलन योग, मिथुनको भाग्य चम्किने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
साउन १७, २०८२ शनिबार ४:३९, काठमाडौँ

आज शनिबार, १७ साउन २०८२ (२ अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुने छन्। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ। स्वादिष्ट भोजनको आनन्द पाइएला। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ।

भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

वृष: सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ। विदेशिएका विद्यार्थीहरूले सफलता हासिल गर्नेछन्। प्रेमी वा विश्वास गरेकाले साथ दिनेछन्। मुद्दामामिलामा विजयी भइनेछ। वैदेशिक क्षेत्रको काममा धोका हुन सक्छ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन: दिन भाग्यशाली भएर देखा पर्नेछ। प्रतिस्पर्धामा जित आफ्नो पोल्टामा पर्नेछ। विद्या र बुद्धि बढ्नेछ। सन्तान सुख प्राप्त होला। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

कर्कट: जिद्दीपनले गर्दा काम बिग्रने डर छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्न सक्छ। विगतका समस्या बल्झिन सक्छन्। प्रेमी/प्रेमिकाका बीच मतभेद बढ्ला। वैदेशिक र प्राविधिक कामबाट भने मनग्गे लाभ मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।

सिंह: एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। पेसामा बढुवा तथा सरुवाको योग छ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। वस्त्र, अलङ्कार प्राप्ति हुनेछ। मध्य दिनमा धनमाल हराउने योग भएकाले सजग रहनुहोला।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

कन्या: रोकिएका काम सुचारु हुनेछन्। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। धार्मिक र शुभ कार्यमा संलग्न हुनु पर्नेछ। न्यायिक कार्यमा सफलता मिल्ला। पारिवारिक जमघटमा मन रमाउनेछ। विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ७५ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

तुला: कुनै समाचारले मनमा शान्ति छाउनेछ। वैदेशिक क्षेत्रका अधुरा कार्य पूरा हुनेछन्। कृषि तथा पशुपालनबाट त्यति लाभ नहोला। व्यापारमा भने प्रशस्त फाइदा हुने योग छ। साँझमा अनावश्यक धन खर्च हुन सक्छ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

वृश्चिक: सुखदुःख बराबरी रहने खालको समय छ। कुनै कुराले मानसिक चिन्ता बढ्न सक्छ। प्रशंसकहरूले आलोचना गर्न सक्छन्। कसैले मान र सम्मानमा आघात पार्न सक्छ। प्रणय सम्बन्ध र रतिराग बढाउने समय छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४२, वैदेशिक कार्यमा ६२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।

धनु: कुनै शुभ समाचारले मनमा शान्ति छाउनेछ। मन पर्ने वस्त्र, अलङ्कार उपहार पाइएला। भ्रमण र तीर्थाटनको योग छ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। पढाइलेखाइमा उल्लेख्य सुधार आउनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, वैदेशिक कार्यमा ७६ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

मकर: नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। स्वादिष्ट भोजनको आनन्द लिन पाइएला। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ: पुनर्मिलनको योग छ। स्थानान्तरण र सफल यात्राको सम्भावना छ। ठूला व्यक्तिसँगको भेटघाटले मन प्रसन्न हुनेछ। मध्यान्हमा बोलीको विपरीत अर्थ लाग्न सक्छ, सजग रहनु होला।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ६०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६७ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

मीन: मनमा दुबिधा उत्पन्न हुनेछ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। शैक्षिक क्षेत्रबाट इच्छित प्रतिफल नमिल्ला। स्वास्थ्य प्रतिकूल रहन सक्छ। आत्मबल बढाएर काममा लाग्नुपर्ने देखिन्छ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad