समाज


न्याय परिषद् बैठक: आज पनि जुटेन सहमति, थप गृहकार्य गर्ने

न्याय परिषद् बैठक: आज पनि जुटेन सहमति, थप गृहकार्य गर्ने

नेपालखबर
साउन १९, २०८२ सोमबार १९:४३, काठमाडौँ

न्याय परिषद्को आजको बैठकले पनि न्यायाधीश नियुक्ति र सरुवाबारे निर्णय लिन सकेन।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठकमा मुख्यतः यिनै दुईवटा एजेन्डामा छलफल भएको थियो। तर, गृहकार्य नपुगेको भन्दै आज निर्णय हुन नसकेको परिषद् स्रोतले जानकारी दिएको छ।

न्याय परिषद्का एक सदस्यले नेपालखबरलाई भने, ‘हामी होमवर्कमै छौँ। अझै केही तयारी गर्नुपर्ने देखियो। आज ठोस निर्णय केही भएन।’
न्याय परिषद्ले ठूलो संख्यामा न्यायाधीश सरुवाको तयारी गरिरहेको छ भने उच्च अदालतमा करिब दुई दर्जन न्यायाधीश नियुक्तिको पनि तयारी छ।

यसैबीच, नेपाल बार एसोसिएसनले २०८० सालमा गरिएको न्याय परिषद् नियमावली संशोधन खारेज गरेर मात्र नयाँ नियुक्ति प्रक्रिया अघि बढाउन माग गरेको छ।

न्याय परिषद् बैठक बसिरहेकै बेला बारका महासचिव केदारप्रसाद कोइरालाले एक विज्ञप्ति जारी गरी संशोधित नियमावली जीवित रहेको अवस्थामा न्यायाधीश नियुक्ति नगर्न आग्रह गरेका छन्।

यसअघि असार ३२ गते बसेको परिषद्को बैठक पनि सदस्यहरूबीच कुरा नमिल्दा निर्णयविहीन भएको थियो।

हाल उच्च अदालतमा २ जना मुख्य न्यायाधीश र २४ जना न्यायाधीशको पद रिक्त छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad