सेयर कारोबारबापत भुक्तानी दिनुपर्ने ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तवलाई काठमाडौँ अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
ठगी आरोपमा जाहेरी परेपछि श्रीवास्तवलाई प्रहरीले बोलाएको थियो। आफैँ काठमाडौँ प्रहरी परिसरमा हाजिर भएका उनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि म्याद लिन अदालत पेस गरेको थियो।
सेयर कारोबार बापत भुक्तानी दिनुपर्ने ११ करोड ५५ लाख रुपैयाँ नदिएको उनीमाथि आरोप छ। श्रीवास्तव हाजिर भएपछि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको एसपी कुलदीप चन्दले जानकारी दिए।
यसअघि सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई पनि प्रहरीले पक्राउ गरेको थियो। तर केही दिन हिरासतमा राखेर पुनः म्याद थपका लागि लगे पनि अदालतले अनुमति दिएको थिएन।
त्यसपछि उनलाई हाजिरी जमानीमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।
Shares

प्रतिक्रिया