ब्राभित्र लुकाएर कोकिन लिएर आएकी एक महिला विमानस्थलबाट पक्राउ परेकी छन्। कन्डममा प्याक गरेर उनले आफूले लगाएको ब्रामा लुकाएर कोकिन १ किलो ९५० ग्रामसहित पक्राउ गरेको लागुऔषध नियन्त्रण ब्युरोका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिए।
ब्राजिलियन महिला २१ वर्षकी इमिलि मिकेल सान्तोश फेरिरालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष अगाडिबाट पक्राउ गरेको डीएसपी निरौलाको भनाइ छ।
उनले लगाएको कालो ब्राभित्र कन्डममा प्याक गरेको अवस्थामा कोकिन फेला परेको थियो।
ब्राजिलबाट दोहा हुँदै नेपाल आएकी उनी यहाँबाट भुटान जाने तयारीमा थिइन्। उनलाई लागुऔषध सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान अगाडि बढाइएको ब्युरोले जनाएको छ।
162
Shares

प्रतिक्रिया