समाज


झनझन् तीब्र बन्दै कोरोना संक्रमण, एकै दिन झण्डै आठ हजारको मृत्यु

झनझन् तीब्र बन्दै कोरोना संक्रमण, एकै दिन झण्डै आठ हजारको मृत्यु

नेपालखबर
बैशाख ४, २०७७ बिहिबार ०:५६,

कोरोना भाइरस (कोभिड-१९) संक्रमण झनझन् तीब्र बन्दै गएको छ।

गएको २४ घन्टामा यसको संक्रमणबाट विश्वभर झण्डै आठ हजारको मृत्यु भएको छ।

वल्र्डओमिटरका अनुसार बिहीबार बिहान सबा ६ बजेसम्मको तथ्यांकअनुसार २४ घन्टामा ७ हजार ९ सय ५९ जनाको मृत्यु भएको छ। ८४ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वर १ लाख ३४ हजार ५ सय ६० पुगेको छ। संक्रमितको संख्या २० लाख ८२ हजार ३ सय ७२ पुगेको छ।

संक्रमितमध्ये अहिलेसम्म ५ लाख १० हजार ४६ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

गएको २४ घन्टामा कोरोना संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा २४ सय ८२ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या २८ हजार ५ सय २९ र संक्रमितको संख्या ६ लाख ४४ हजार ८९ पुगेको छ।

त्यहाँ बुधबार एकै दिन ३० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

अमेरिकापछि गएको २४ घन्टामा फ्रान्समा धेरैको मृत्यु भएको छ। त्यहाँ एकै दिन १४ सय ३८ जनाले ज्यान गुमाएका छन्। फ्रान्समा मृतकको संख्या १७ हजार नाघेको छ। संक्रमितको संख्या एक लाख ४८ हजार नजिक पुगेको छ।

त्यसैगरी युकेमा बुधबार ७ सय ६१ जनाको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या झण्डै १३ हजार र संक्रमितको संख्या एक लाख पुग्न लागेको छ।

इटालीमा बुधबार ५ सय ७८ जनाको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या २१ हजार ६४५ पुगेको छ।

त्यसैगरी स्पेनमा ५ सय ५७ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म झण्डै १९ हजारको मृत्यु भइसकेको छ।

त्यसैगरी जर्मनीमा बुधबार ३०९ जनाले ज्यान गुमाएका छन् भने बेल्जियममा २८३, ब्राजिलमा २२५, टर्कीमा ११५, नेदरल्यान्डमा १८९, स्वीडेनमा १७०, क्यानाडामा १०७, इरानमा ९८, मेक्सिकोमा ७४, स्वीटजरल्यान्डमा ६५ जनाको मृत्यु भएको छ।

हाम्रो छिमेकी देश भारतमा बुधबार कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ।

त्यहाँ मृतकको संख्या ४ सय २२ पुगेको छ भने संक्रमितको संख्या १२ हजार नाघेको छ। अर्को छिमेकी देश चीनमा भने बुधबार कसैको मृत्यु भएन भने नयाँ संक्रमित पनि थपिएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad