रसुवाको पवित्र तीर्थ गोसाइँकुण्ड गएका एक तीर्थयात्रु धार्मिकमार्गबाट बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-३ का ६० वर्षीय कृष्णबहादुर मगर रहेको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।
मगरसँगै गएका साथी रामकुमार ढकाल र अर्जुन विकले उनी बेपत्ता भएको प्रहरीमा जाहेरी दिएका थिए। चन्दनबारी र चोलाङपाटीको बीच भागबाट यही साउन २३ गते मगर बेपत्ता भएको जाहेरीमा उल्लेख छ। चन्दनबारी र चोलाङपाटीको बीच भाग घनाजङ्गल भएको क्षेत्र हो।
1.2k
Shares

प्रतिक्रिया