समाज


भक्तपुरमा १२ वर्षे लिच्छविकालीन जात्रा

भक्तपुरमा १२ वर्षे लिच्छविकालीन जात्रा

नेपालखबर
साउन २७, २०८२ मंगलबार ८:४, भक्तपुर

भक्तपुरमा १२ वर्षमा एक पटक मनाइने चण्डेश्वरी अजिमा जात्रा मनाइएको छ। 

लिच्छविकालीन जात्राको रूपमा मनाउँदै आइएको जात्रा प्रत्येक १२ वर्षमा एक पटक गाईजात्राको भोलिपल्ट मनाउने परम्पराअनुसार साेमबार मनाइएको हो। 

त्यस क्रममा चण्डेश्रवी अजिमाको मूर्तिलाई खटमा बिराजमान गराई खटलाई चासुखेल चण्डेश्वरी मन्दिर हुँदै सुकुलढोको, पाँचतले मन्दिर, टौमढीलगायत टोलटोलमा घुमाएर मनाएको हो। 

इतिहासविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुर चण्डेश्वरीको यो जात्रा लिच्छविकालीन समयदेखि प्रचलनमा आएको अध्ययनले देखाएको बताए । उनले आनन्ददेवकै समयमा चण्डेश्वरी अजिमा जात्राको सुरु भएको अध्ययनबाट प्रमाणित भएकाले बताए। 

यसअघि विसं २०४२, २०५२,  २०६२ र २०७२ देखि जात्रा मनाइने गरेको स्थानीय बुद्धकृष्ण कर्माचार्यले जानकारी दिए।  विसं २०४२ भन्दा अगाडि १२ वर्षे जात्रा ३० वर्षसम्म सञ्चालन हुन नसकी रोकिएकामा निलबाराही धान नपाक्ने समस्या आएपछि जात्रा पुनः सुरु भएको इतिहास रहेको उनले बताए। 

चण्डेश्वरी मचा खलका अध्यक्ष विजयराम माकले विसं २०५२ विपद् अन्त्यका लागि भन्दै जात्रा मनाएको र २०६२ सालमा चण्डेश्वरी अजिमा मुख्य देवता नै चोरी भएपछि नयाँ देवता बनाएर मनाइएको स्मरण गरे। 

विसं २०७२ साल वैशाख १२ गतेको महाभूकम्पपछि सोही वर्ष पनि जात्रा मनाइएको उनले जानकारी दिए। 

यसवर्ष पनि जात्रा मनाउने विशेष पूजा गरी जात्रा मनाइएको जात्रा व्यवस्थापन समितिका अध्यक्ष सानुलाल त्वानाबासुले जानकारी दिए। शक्तिकी देवीको रूपमा मानिदै चाँपको काठबाट बनेको चासु: अजिमालाई खटमा राखी विधिपूर्वक खटलाई भक्तपुर नगर परिक्रमा गराइएको उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad