समाज


काठमाडौँ प्रहरीमा बैंकिङ कसुर मुद्दाका चाङ

काठमाडौँ प्रहरीमा बैंकिङ कसुर मुद्दाका चाङ

फाइल तस्बिर


नेपालखबर
साउन २९, २०८२ बिहिबार ९:४५, काठमाडौँ

जिल्ला प्रहरी परिसर काठमाडौँमा बैंकिङ कसुर मुद्दाका चाङ लागेको छ। 

परिसर प्रमुख विश्व अधिकारीका अनुसार बितेको एक वर्षमा दर्ता भएका १२ हजार ९१५ मुद्दामा छ हजार ५५३ मुद्दा बैंकिङ कसुरका छन्। 

सहकारी ठगी, अनुचित लेनदेन, विद्युतीय कसुर, साइबर अपराध र अभौतिक मुद्रासम्बन्धी अपराधका घटना बढेका उनले बताए।  

परिसरमा दैनिक ३५ मुद्दा दर्ता हुने गरेका छन्। आव २०८०/८१ मा परिसरमा सहकारी ठगीका २६ मुद्दा दर्ता भएका थिए।

आव २०८१/८२ मा ३२ मुद्दा परेका छन्। परिसरमा ज्यानमार्ने उद्योगका १४० मुद्दा दर्ता भएका अधिकारीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad