काठमाडौँ महानगरपालिकाले भ्रामक विज्ञापनसहित अनुचित व्यापारिक क्रियाकलाप नगर्न उद्याेगी, व्यवसायीलाई सचेत गराएको छ।
महानगरले आज सूचना जारी गर्दै जुत्ता, लत्ताकपडा जस्ता आधारभूत र दैनिक आवश्यकताका वस्तु तथा सामान बिक्रीका लागि भ्रामक विज्ञापन हुने गरेको जनगुनासो आएको भन्दै त्यसो गरेको पाइए कारबाही हुने चेतावनी दिएको हो।
‘झुटो प्रचार र ब्राण्डको दुरुपयोग गरेर अनुचित तथा अनधिकृत व्यापारिक क्रियाकलाप भइरहेको गुनासोप्रति महानगरको गम्भीर ध्यानाकर्षण भएको छ,’ सूचनामा भनिएको छ, ‘उद्यमी तथा व्यवसायीलाई बस्तु तथा सामान बिक्री वितरण गर्दा व्यापारिक आचारण पालना गर्न र उपभोक्तालाई भ्रामक सूचनाको पछाडि नलाग्न आग्रह गर्दछौँ।’
हेर्नुहोस् सूचना

45
Shares

प्रतिक्रिया