समाज


मितेरी सहकारी ठगीमा ८ जनाविरुद्ध मुद्दा दर्ता, प्रतिवादीहरू हुन्डी र क्रिप्टोमा पनि तानिए

मितेरी सहकारी ठगीमा ८ जनाविरुद्ध मुद्दा दर्ता, प्रतिवादीहरू हुन्डी र क्रिप्टोमा पनि तानिए

नेपालखबर
भदौ १, २०८२ आइतबार १७:४६, काठमाडौँ

ललितपुरको महालक्ष्मीस्थानको मितेरी सहकारी ठगीमा ८ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन जनालाई पक्राउ गरेर। अनुसन्धान प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनका आधारमा ८ जनाविरुद्ध ठगी, लिखत, अभौतिक मुद्रा, नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुर र संगठित अपराधसम्बन्धी कसुरमा आइतबार सरकारी वकिल कार्यालयले जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गरेको हो। 

बर्दियाका ४३ वर्षीय ज्योतिबहादुर भण्डारी, ३४ वर्षीय सुरेश अधिकारी र धादिङका ३६ वर्षीय सुवास खत्रीविरुद्ध मुद्दा दर्ता भएको हो। यस्तै हाल फरार रहेका ५ जनालाई पनि उक्त मुद्दामा प्रतिवादी बनाइएको छ। 

फरार रहनेमा कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वपत्नी स्याङ्जाकी ४७ वर्षकी ज्योती गुरुङ, स्याङ्जाकै ८१ वर्षका कुम्भराज गुरुङ, खोटाङका ४९ वर्षीय विजयकुमार राई, बाग्लुङका ३५ वर्षीय प्रदिप भन्ने प्रितम अधिकारी र सिन्धुपाल्चोकका ३३  वर्षका अर्जुन अरामलाई प्रतिवादी बनाइएको छ। 

उनीहरूले मितेरी सहकारीको १४ करोड २९ लाख २४ हजार ७५४ रुपैयाँ अपचलन गरेको आरोप छ। यस्तै उनीहरूकै मिलेमतोमा कम्बोडियाबाट पार्सल ३३ करोड ११ लाख रुपैयाँ पठाएको छ भन्दै उक्त रकम निकाल्न कमिसनबापत भन्दै थप ३ करोड ४२ लाख ८२ हजार ४२० रुपैयाँ ठगी गरेको आरोप छ।

यो समेत गरेर ठगीमा १७ करोड ७२ लाख ७ हजार १७४ रुपैयाँ ९२ पैसा बिगो कायम गरिएको छ। सुवास खत्री र अर्जुन आरमलाई हुण्डीको कसुरमा पनि प्रतिवादी बनाइएको छ। उनीहरूले ६ अर्ब ७४ करोड ३२ लाख ६९ हजार ८९ रुपैयाँ २२ पैसा हुन्डीको कारोबार गरेको प्रमाण फेला परेको अभियोग पत्रमा दाबी गरिएको छ।

सुवास खत्रीलाई क्रिप्टो कारोबारमा २ हजार १४९ अमेरिकी डलर (करिब ३ लाख रुपैयाँ) को कारोबार गरेको आरोप छ। उनलाई उक्त कसुरमा पनि प्रतिवादी बनाइएको छ।  कसुरअनुसार सबै प्रतिवादीलाई छुट्टा छुट्टै बिगो कायम गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad