रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक मर्मतपछि एकतर्फी यातायात सञ्चालनमा आएको छ।
पहिराेकाे कारण काठमाडौँबाट दोलखाको चरिकोट, तामाकोसी हुँदै मन्थलीसम्म चल्ने यातातका साधन बीच बाटोमै रोकिएका थिए। एकतर्फी रूपमा गाडी सञ्चालनमा आएपछि बाटोमा रोकिएका सवारीसाधन गन्तव्यस्थलतर्फ लागेका छन्।
माथिबाट बगेर आएको लेदो र सडकमुनिबाट तामाकोसीले कटान गर्दा पुष्पलाल मार्गअन्तर्गत पर्ने चरिकोट–मन्थली सडक अवरुद्ध भएको थियो।
सडकको तलबाट तामाकोशीले कटान गर्ने र माथिबाट पहिरो खसेपछि यहाँको सडक पटकपटक भासिने गरेको छ। रासस
120
Shares

प्रतिक्रिया