सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई महिला प्रहरीबाट सुरक्षा लिन आग्रह गरेकी छिन्।
महिलाहरु सुरक्षा दिन सक्षम छन् भनेर उदाहरण बनिदिन उनले गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरिक्षक दीपक थापालाई गरिन्।
‘प्रहरी भन्नासाथै शान्ति सुरक्षा दिने, अझ न्याय पालिकाको सदस्य पनि हो तपाई, न्यायको पहिलो ढोका पनि हो तपाईँ,’ मल्लको भनाइ छ, ‘कुनैपनि अपराधिक घटनामा न्याय दिलाउने तपाईहरु द्वार पनि हो। तर महिलाहरू यो यो संस्थाबाट, संरचनाबाट लामो समय सक्रिय र अर्थपूर्ण सहभागिताबाट बहिष्कृत थिए। बहिष्कृत यस अर्थमा थिए कििनेभने त्यहाँ एउटा गहिरो जरो गाडिएका यस्तो सोचहरू थिए जुन चाहीँ लैङ्गिक लघुताभाषमा आधारित थिए। के सोचिन्थ्यो भन्दाखेरी सुरक्षामा, सेनामा, कानुन कार्यन्वयन गर्ने निकायमा, अथवा न्यायका सिक्रीहरुमा महिलाह सक्दैनन्। महिलाहरु सक्षम छैनन्। महिलाहरुले गर्न सक्दैनन्।’
‘यो प्रहरी सम्मेलनमा के निवेदन गर्न चाहन्छु भने मेरो सुरक्षामा त महिला पनि हुनुहुन्छ। अब ययदि महिलाले सुरक्षा लिने वर्ग होईन दिने वर्ग पनि हो भने भिभिआईपी र भिआईपीको सुरक्षामा र विशेष गरेर आईजीपी र गृहमन्त्रीहरुले महिलाबाट सुरक्षा लिनुस्, तपाईहरू उदाहरण बनिदिनुस्,' मल्लले भनिन्।
Shares

प्रतिक्रिया