समाज


राशिफल ६ भदौ : मेषको घमण्डले प्रेममा असर, तुलालाई पर्यटनबाट लाभ, तपाईँको के?

राशिफल ६ भदौ : मेषको घमण्डले प्रेममा असर, तुलालाई पर्यटनबाट लाभ, तपाईँको के?

ज्यो. मेनुका दाहाल
भदौ ६, २०८२ शुक्रबार ४:३७, काठमाडौँ

आज शुक्रबार, ६ भदौ २०८२ (२२ अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: घरायसी झमेलामा परिएला। भाग्यशक्ति कमजोर भएको अनुभूति हुनेछ। प्रेम सम्बन्धमा खुलापन आवश्यक छ, घमण्ड नगर्नुहोस्। नियमित खर्च बढ्नेछ। साँझमा सामाजिक कार्यमा लागिनेछ। हनुमानजीको दर्शन गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४९, व्यापारमा ३८, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ।

वृष: घुमघाममा दिन बित्नेछ। धार्मिक, सामाजिक र अरूको हित हुने काममा समय व्यतीत हुनेछ। मित्र र विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। अनुसन्धानको कार्यमा चासो बढ्नेछ। आफन्तको सहयोग पाइनेछ। गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

भाग्यशाली रङ आकासे र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ६६, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ।

मिथुन: साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला। आँटेको कार्यमा ढिलाइ भए पनि पूरा हुनेछ। दर्शनीयस्थलको यात्रा सफल रहन सक्छ। रोकिएका वैदेशिक क्षेत्रका काम अघि बढ्नेछन्। प्रेमको कोपिला फक्रनेछ। प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, वैदेशिक कार्यमा ७१ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ।

कर्कट: नजिकको मित्रसँग भेटघाट हुनेछ। रमाइलो यात्रा गर्ने अवसर जुर्ला। परीक्षा आदि प्रतिस्पर्धामा सफल भइनेछ। आजको मन्त्र- गहिराइमा साँचो शक्ति लुकेको हुन्छ। निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

भाग्यशाली रङ निलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ।

सिंह: दिन मध्यम खालको छ। केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। सानो भूलका कारण अपमानित बन्नु पर्नेछ। साँझमा आर्थिक कारोबारमा सफलता मिल्नेछ। आजको मन्त्र- कर्मशीलता नै सबैभन्दा ठूलो पुँजी हो। भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ४७, वैदेशिक कार्यमा ७० र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ।

कन्या: मनमा उत्साह छाउनेछ। बोली बिक्ने समय छ। मानसम्मान र पद-प्रतिष्ठामा वृद्धि होला। मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी भइनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ।

तुला: स्वादिष्ट भोजनको अवसर मिल्नेछ। पर्यटनको क्षेत्रबाट लाभ लिन सकिनेछ। परोपकारजन्य कार्यमा लगाव बढ्नेछ। समाजमा लोकप्रिय भइनेछ। नयाँ कमको योजना बन्नेछ। व्यावसायिक भेटघाटको यात्रा सफल रहनेछ। पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७९, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ।

वृश्चिक: नयाँ र शुभ समाचार सुन्न पाइएला। शुभ कार्यको चर्चा चल्नेछ। नसोचेको ठाउँबाट धनागम होला। धार्मिक कार्यमा मन लगाउँदा राम्रो हुनेछ। स्वास्थ्यप्रति सतर्कता अपनाउनु होला। भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ।

धनु: नियमित खर्च बढ्नेछ। मनमा दुबिधा उत्पन्न होला। मानसिक चिन्ता बढ्नेछ। अनावश्यक ठाउँमा धन खर्च होला। व्यक्तिगत स्वास्थ्य र यात्राप्रति सतर्क रहनु पर्नेछ। आफन्तको साथ र सहयोग रहनेछ। विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ।

मकर: स्थान परिवर्तनको योग देखिन्छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। वाक्चातुर्यले सङ्कल्पसिद्ध हुनेछ। प्रेम सम्बन्धका लागि समय राम्रो छ। व्यवसाय ठिकठिकै रहनेछ। घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ।

कुम्भ: सामाजिक सेवाको सोच बढ्नेछ। सिनियरको सल्लाहले जीवनकै टर्निङ पोइन्ट ल्याउनेछ। प्रेममा समझदारीले तिक्तता हटाउँछ। व्यापारमा सुधार हुनेछ। हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ।

मीन: नयाँ वस्त्र प्राप्त हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। चिताएको कामले तीव्रता लिनेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। नियमित खर्च बढ्नेछ। भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad