वैदेशिक रोजगारीका लागि कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौं महानगरपालिका–१ नक्साल बस्ने ताप्लेजुङ सिरीजङ्घा गाउँपालिका–१ घर भएकी ३८ वर्षीया साहारा सुब्बा (थेवे) लाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर, ललितपुर महानगरपालिका–२८ हरिसिद्धिबाट पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानको क्रममा उनले हालसम्म ९ जना पीडितहरूबाट कोरिया पठाइदिन्छु भनि १ करोड ८ लाख ३० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।
189
Shares

प्रतिक्रिया