पर्साको वीरगञ्जबाट हुण्डीको १४ लाख रुपैयाँभन्दा बढी रकमसहित २ जना पक्राउ परेका छन्।
वीरगञ्ज महानगरपालिका २ घुसुकपुर इदगाह चोकबाट भारतीय मोटरसाइकलमा सवार २ जनालाई १४ लाख १३ हजार ५ सय रुपैयाँसहित पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता डीएसपी सुवास भट्टले बताए।
पर्सा वीरगञ्ज महानगरपालिका २ घुसुकपुर बस्ने ३९ वर्षका संजयकुमार साह र बारा महागढीमाइ नगरपालिका ४ बगडमपुर बस्ने ४१ वर्षका शनिकुमार ठाकुर पक्राउ परेका हुन्।
मोटरसाइकलमा फल्स सिलिङ बनाइ लुकाइ राखेको अवस्थामा एक हजार दरका र ५ सय दरका नोट बरामद भएको प्रहरीले जनाएको छ।
उक्त रकम हुण्डिको भएको प्रहरीको दाबी छ।
189
Shares

प्रतिक्रिया