समाज


राशिफल ७ भदौ : वृषलाई लाभहानि बराबर, सिंह धर्मकर्ममा व्यस्त, तपाईँको दिन कस्तो?

राशिफल ७ भदौ : वृषलाई लाभहानि बराबर, सिंह धर्मकर्ममा व्यस्त, तपाईँको दिन कस्तो?

ज्यो. मेनुका दाहाल
भदौ ७, २०८२ शनिबार ४:३६, काठमाडौँ

आज शनिबार, ७ भदौ २०८२ (२३ अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: घुमघामको योजना बन्नेछ। सामूहिक यात्रा होला। परिवारमा सुख सन्तोष छाउनेछ। शुभ कार्यमा संलग्न भइनेछ। प्रिय व्यक्तिसँग भेटघाट हुनेछ। घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ।

वृष: लाभहानि बराबर हुनेछ। आँटेको पूरा होला। स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ। अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुन्छ। अधुरो वैदेशिक कार्य सहजै अघि बढ्नेछ। निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ।

मिथुन: सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। सामाजिक क्षेत्र र राजनीतिक कार्यमा सफलता मिल्नेछ। आजको मन्त्र- शक्ति मौनमा पनि हुन्छ। विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ।

कर्कट: धार्मिक र सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुन सक्छ। शुभ र मङ्गल कार्यको योग छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ।

सिंह: परिवारसँगको सम्बन्धमा मिठास ल्याउने मौका छ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ।

कन्या: प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ। घरव्यवहारमा खर्च बढ्न सक्छ। व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला। साँझमा कुनै कुराले मन खुसी हुने र साँझमा शुभ समाचार पाइनेछ। आजको मन्त्र- सपना देख्ने आँखा कमजोर हुँदैनन्। पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ।

तुला: सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। लामो समयपछि आफन्तसँग भेटघाट हुनेछ। प्रेमीप्रेमिकाबाट विशेष सहयोग मिल्ला। आत्मबल बढ्दो तर मन थकित होला। घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ।

वृश्चिक: आत्मविश्वासले भाग्य चम्काउने दिन हो, तर घमण्डले छेक्न सक्छ। राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ।

धनु: रमाइलो यात्राको योग रहेको छ। कुनै कुराले मनमा शान्ति छाउनेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आजको मन्त्र- अलग हुनु विशेष हुनु हो। भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ।

मकर: जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला। साँझमा शुभ समाचार मिल्ला। प्रेममा मिलन वा टाढापन दुवैको सम्भावना छ। त्यसैले प्रेमीसँग सचेत भएर कुराकानी गर्नु उचित हुन्छ। प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ।

कुम्भ: नयाँ काममा घरपरिवारको समर्थनले ऊर्जा दिनेछ। अवसरै अवसर आउनाले मन प्रसन्न रहनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ।

मीन: दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। शुभ समाचार सुन्न पाइएला। शुभकार्यमा सरिक भइनेछ। प्रेमी/प्रेमिकाबाट विशेष उपहार मिल्नेछ। आजको मन्त्र- मनको शान्ति नै साँचो सफलता हो। विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

भाग्यशाली रङ खैरो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ७४, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad