समाज


शिक्षा विधेयकको विरोधमा आज निजी विद्यालय बन्द

माइतीघर मण्डलामा भेला भएर सञ्चालकहरू संसद् घेराउ गर्न जाने तयारी
शिक्षा विधेयकको विरोधमा आज निजी विद्यालय बन्द

नेपालखबर
भदौ ९, २०८२ सोमबार १०:२३, काठमाडौँ

निजी विद्यालय सञ्चालकहरूले आज देशभर प्रदर्शन गर्ने भएका छन्। 

संसदीय समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकको विरोधमा उनीहरूले साेमबार विद्यालय बन्द गरेर प्रतिनिधिसभा र प्रदेशसभामा घेराउसहितका कार्यक्रम गर्न लागेका हुन्। 

काठमाडौँको माइतीघर मण्डलामा भेला भएर बिहान ११ बजे संघीय संसद् घेर्न जाने तयारी भएको निजी विद्यालय सञ्चालकका संगठनहरूले बताएका छन्। 

यही भदौ ५ गते संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको विधेयकको नेपाल शिक्षक संगठनसँगै निजी विद्यालयका सञ्चालकहरूले पनि बिरोध गरिरहेका छन्।  

निजी विद्यालयले कम्तिमा पनि ३ प्रतिशत पूर्ण प्रतिशत छात्रवृत्ति दिनुपर्ने विधेयकको प्रावधानप्रति निजी विद्यालय सञ्चालकहरूको असहमति देखिएको छ। 

विधेयकको विरोधमा प्याब्सन, एन प्याब्सन, हिसान, अपेन लगायतका संस्थाले आन्दोलनको घोषणा गरेका हुन्। विधेकमा राखिएको निजी विद्यालयलाई गैरनाफामूलक संस्था बनाउँदै लैजाने, पूर्ण छात्रवृत्ति लगायतका प्रावधान हटाउनुपर्ने उनीहरूको माग छ। 

उनीहरूले भदौ ६ गते देशभरीमा स्कुल बसहरू विद्यालय नजिकैको चोकमा उतारेर नगर परिक्रमा गरेका थिए भने संसद् भवन र शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति पनि घेराउ गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad