समाज


तारकेश्वरमा खोलामा खस्यो माइक्रो

तारकेश्वरमा खोलामा खस्यो माइक्रो

नेपालखबर
भदौ ९, २०८२ सोमबार १०:४९, काठमाडौँ

काठमाडौँको तारकेश्वरमा माइक्रोबस दुर्घटना भएको छ। 

तारकेश्वर नगरपालिका-७ स्थित साङ्ला खोलामा आज बिहान बागमती प्रदेश ०६-००१ ज ०५६२ नम्बरको माइक्रोबस खोलामा खसेको हो। 

काठमाडौँ-नुवाकोट सडक खण्डमा गुड्ने उक्त माइक्रोबस खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

चार्जिङ स्टेसनबाट बसपार्क जाने क्रममा माइक्रो दुर्घटनामा परेको चालकले बताएका छन्। 

गाडीमा चालकबाहेक कोही नभएकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। चालक पनि सकुशल छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad