वैदेशिक रोजगारीको लागि इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा स्याङ्जा पुतलीबजार नगरपालिका-१ बस्ने २८ वर्षीय सुसन ताम्राकार र काठमाडौं महानगरपालिका-१५ बस्ने ५० वर्षीय योगेन्द्र घले रहेका छन्।
सुसनले इजरायल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ र योगेन्द्रले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको उजुरीको आधारमा काठामाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुसनलाई काठमाडौँ महानगरपालिका-९ बाट र योगेन्द्रलाई काठमाडौँ महानगरपालिका-१० बाट पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
30
Shares

प्रतिक्रिया